यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल जफत गरेको छ । अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौं) पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल जफत गरेको हो । त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । नेपाल […]

उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश

काठमाडौँ । उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।  कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्। प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको बताए। ‘अन्य […]

नेकपामा समाहित भयो चुरे भावर पार्टी

काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच बद्री न्यौपाने नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो । एकताका लागि नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरे । आजै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य […]

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको पार्टीमा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको […]

घण्टी बजाएर मात्रै केही हुँदैन, राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखियो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताएका छन्। उनले सोसल मिडियामा ‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भइरहेको पनि बताए। ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम […]

काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए, मोटरसाइकलमा आगलागी

काठमाडौँ । काठमाडौंको जमलमा तीन वटा सवारी साधन ठोक्किएका छन्। मंगलबार मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्। उनको उपचारको लागि ट्रमा सेन्टर लगेको एसपी भट्टराईले बताए। घाइतेको […]

रोस्टरको अवधि बढाउन माग गर्दै इपिएस परीक्षा पास गरेका युवाहरूले गरे प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका छन्। भाषा पास गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन्। यसअघि उनीहरूले ग्वार्कोस्थित इपिएस कार्यालयमा विरोध प्रदर्शन गरेका थिए। इपिएसअन्तर्गत […]

बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो । बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट […]

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

 काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो […]

बंगलादेशमा पूर्व प्रहरी आयुक्तसहित तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्ड

काठमाडौँ । बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सन् २०२४ को हिंसात्मक सडक आन्दोलन क्रममा उनीहरूको कथित भूमिकाका लागि सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। उक्त आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको थियो। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणका न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले पूर्व ढाका मेट्रोपोलिटन […]