एमाले र माओवादी केन्द्रका उम्मेदवारसहित चार नेता चढेको गाडी एम्बुसमा

संखुवासभा, २८ कार्तिक । नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने नभएकाे संखुवासभामा प्रहरीले जानकारी दिएकाे छ । उक्त गाडीमा बाम गठबन्धनका ४ जना नेताहरु राजेन्द्र […]

आईजीपीदेखि अदालतसम्म सुन तस्करकाे जालाे

काठमाडाैं, २८ कार्तिक । देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो । स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तरऽ हल्ला नगरी […]

डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा

काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई […]

देवी ज्ञवाली अपहरणमा परेकाे पाण्डेकाे दावी

चितवन, २८ कार्तिक । लोकतान्त्रिक गठवन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले, एमाले नेता देवी ज्ञवाली अपहरणमा परेको टिप्पणी गरेका छन् । प्रचण्डलाई जिताउन फिल्डमा खटिएका ज्ञावालीलार्इ उनले तिखो व्यंग्य प्रहार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही […]

शरदकुमार गौचनको हत्या गर्ने प्रमुख सुटरसहित ५ पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र […]

जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन

मलेसिया । मलेसियामा रहेका नेपाली थारु समुदाय संगठित भएका छन् । प्रवासी थारु सेवा समाज मलेसियाले क्षेत्रीय समिति पनि गठन गरेकाे छ । मलेसियाकाे दाेस्राे ठूलाे प्रान्त जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन गरिएकाे हाे । दिनेश चाैधरीकाे अध्यक्षतामा २३ सदस्यीय क्षेत्रीय समिति गठन गर्दै समितिलार्इ मलेसियामा राेजगारीकाे शिलशिलामा अाएका थारु युवाहरुकाे सेवामा खट्ने […]

कार्तिक २८ देखि सबै एनलग टेलिभिजन बन्द गर्दै सरकार

काठमाडाैं । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन […]

सम्बन्धन प्रकरणमा मन्त्रीदेखि काउन्सिल सदस्यसम्मकाे चलखेल

काठमाडाैं, २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री […]

एमाले र माअाेवादी केन्द्रबीच चुनाव अगाडि नै एकता हुने, एकताकाे तिथीमिति ताेकियाे

काठमाडौं, २६ कार्तिक । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको […]

धु्रवसत्यको कथासंग्रह ‘कैरन’ सार्वजनिक

काठमाडौँ, २५ कार्तिक । लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको […]