माओवादी केन्द्रका दुर्इ पुरुषलार्इ मात्र समानुपातिकमा सिट, बाँकी सबै महिला पठाउनुपर्ने भएपछि ठूलो लफडा

Maoist-Office

काठमाडाैं, ६ मंसिर । प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्या सार्वजनिक भएसँगै माओवादीमा खैलाबैला मच्चिएको छ । अनिवार्य रुपमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएका कारण समानुपातिकमा पुरुषलाई स्थान छैन । माओवादीले प्रत्यक्षबाट ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउनेछ । यस्तोमा १८ महिला हुनु आवश्यक छ । तर, प्रत्यक्षमा ३ महिलामात्र निर्वाचित भएका छन् […]

मलेसियामा नेपाली नेपालीबीच झगडा हुँदा एक जनाको मृत्यु

मलेसिया । मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो । अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको […]

सन्नी लियोनीलाई नरोकिएमा सामूहिक आत्मदाह गर्ने युवाको चेतावनी

एजेन्सी । पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी बलिउडमा राम्रैसँग स्थापित भइसकेकी छिन् । तर भारतीय समाजले उनलाई अझैसम्म पचाउन सकेको छैन । हालै बैंगलौरमा एउटा समुहले सन्नी लियोनीको बहानामा सामुहिक आत्मदाहको चेतावनी दिएको छ । सन्नीले ३१ डिसेम्बरको रातमा बैंगलौरमा आयोजना हुने न्यू इयर इभ प्रोग्राममा विशेष प्रस्तुति दिने कार्यक्रम छ । त्यसको […]

रोकियो राष्ट्रिय सभा विधेयक, केपी ओलीलार्इ खुल्यो प्रधानमन्त्री हुने बाटो

काठमाडाैं, ६ पुस । सरकारले गत २८ भदौमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको मतभार १८ हुने व्यवस्थासहितको राष्ट्रिय सभा निर्वाचनको व्यवस्था थियो । विधेयक ३ असोजमा संसद्मा प्रस्तुत भई सामान्य छलफल भएको थियो । […]

एसर्इर्इ परीक्षा चैत्र ८ गतेदेखि हुने (परीक्षा तालिका यस्ताे छ)

काठमाडौं, ५ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत आठ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ। चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक […]

नेपालमा गम्भीर अपराध मानिने बिट्क्वाइनमा लगानी गरेर अमिताभ बच्चनले कमाए दुर्इ अर्ब

काठमाडाैं, ५ पुस । नेपालमा बिटक्वाइनकाे काराेबार अवैध मानिन्छ । यही अाराेपमा नेपालका धेरै मानिसहरु जेलमा छन् । केही समय पहिले दाेलखाकाे खिम्ति क्षेत्रबाट विटक्वाइनकाे प्रमुख उत्पादन केन्द्र नै पत्ता लगाएर साे कार्यमा सम्लग्न व्यक्तिहरुलार्इ जेल हालेकाे छ । तर, नजिककाे छिमेकी देश भारतमा भने यसकाे काराेवार हुन्छ । वलिउडका निकै सम्मानित कलाकार अमिताभ बच्चनले […]

सुपर ग्यास प्लान्टमा भीषण अागलागी, ६ कामदार घाइते, आगो निभाउन गएको बारुण यन्त्र पनि जलेर खरानी

काठमाडौं, ५ पुस । वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय गण्डक अस्पताल लगिएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएकोले प्रभावकारी बन्न नसकेको वीरगञ्ज […]

चाँगुनारायण नपाप्रति आक्रोशित बन्दै नगरकोटका होटल व्यवसायी पुगे प्रशासनमा

नगरकोट, ५ पुस । नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारले आफुखुशी पर्यटन शुल्क नउठाउन २०७४ कात्तिक १५ गते पत्राचार गरेको भए पनि चाँगुनाराण नगरपालिकाले पर्यटन शुल्क उठाउँदै आएको […]

जानै लाग्दा कार्यकर्तालार्इ राज्यकोषबाट ८ करोड बाँड्दै देउवा सरकार

Sher Bahadur Deuba

काठमाडाैं, ५ पुस । सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यति ठूलो परिमाणमा रकम बाँड्ने तयारी गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा […]

काठमाडौं महानगरपालिकाले जिल्ला शिक्षालार्इ दियाे यस्तो चेतावनी

काठमाडाैं, ५ पुस । काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयनमा आइसकेकाले आफूखुसी नगर्न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय काठमाडौंले यही पुष १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी सूचना पकाशित गरेपछि महानगरले सो चेतावनी दिएको हो । महानगरले जारी गरेको विज्ञप्तिमा ऐनबमोजिम कामपाभित्रका माध्यमिक तहसम्मका विद्यालयहरुसँग […]