अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागत गर्न वर्ल्ड लिंकले लगायो मेला

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकले अंगे्रजी नयाँ वर्ष २०१८ को स्वागतका लागि जावलाखेलमा भव्य मेलाको आयोजना गरेको छ । नेपालमा पनि अग्रेजी नयाँ वर्ष मनाउने क्रम बढेपछि शनिवार वल्र्ड लिंकले जावलाखेल मैदानमा मेलाको आयोजना गरेको हो । इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले यो मेलाको आयोजना गरिएको वल्र्ड लिंकले जनाएको छ […]

एकता गर्नै चाहेको भए पदको लोभमा नलाग्न एमाले नेताको आग्रह

भक्तपुर, १८ पुस । एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि कम्युनिस्टहरुका बीच साँच्चिकै एकता चाहेको भए पद नखोज्न आग्रह गरेका छन् । पार्टी एकीकरणभन्दा पद महत्वपूर्ण नभएको स्पष्ट पार्दै पदलाई बार्गेनिङको आधार बनाउन नहुने उनको जोड छ । भक्तपुरमा रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई […]

रानीपोखरीको पुनर्निर्माणबारे पाँचदिनभित्र सुझाव दिन सर्वसाधारणलाई आह्वान 

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग सुझाव मागेको छ । पाँच दिनको समय राखेर महानगरपालिकाले सर्वसाधारणसँग सुझाव मागेको हो । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ । सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् । सर्वसाधारणले विज्ञ समूहको सचिवालय […]

चिसोले कठ्याङ्गिन थालेपछि नगरपालिकाले दियो दाउरा

कपिलवस्तु, १८ पुस । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ । इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर […]

बाटो बन्द गर्नेलार्इ अश्रुग्यास हानेर प्रहरीले खुलायो जाम

बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, […]

अर्बौको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्‍याल: लेखा परिक्षकहरु नै गर्छन यसरी अनियमितता

काठमाडौँ, १८ पुस । भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् । ‘लेखापरीक्षणमा जिल्ला जाने कर्मचारीको दैनिक खाना/खाजा भत्तासहित […]

किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]

नयाँ वर्षको पहिलो रात १७ हजार चालक मापसे कारबाहीमा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरू मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी […]

सन् २०१८ को पहिलो दिन जन्मने शिशुको आधा सङ्ख्या नौ मुलुकबाट

एजेन्सी । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार […]

पहिलो पटक राजधानी छाडेर पोखरामा अन्तराष्ट्रिय चलचित्र महोत्सव

पाेखरा । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पोखरामा हुने भएको छ । राजधानी केन्द्रित भइरहेका फिल्म महोत्सवकाे परम्परालार्इ ताेड्दै यसपाली पहिलाेपटक पाेखरामा याे महाेत्सव गर्न लागेकाे अायाेजकले जनाएकाे छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको उक्त महोत्सव माघ १९ देखि चार दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चल्नेछ । पत्रकार सम्मेलनमा सोमबार बताइए अनुसार महोत्सवमा ५३ […]