चितवन, २१ पुस । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ । मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा […]
Author: Nonstop Khabar
भिमदत्तनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
भीमदत्तनगर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ । खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ । […]
सुदिक्षा आचार्य बनिन मिसेज ब्यूटी क्विन, मलेसिया घुम्न पाउने
काठमाडौँ, २१ पुस । महिलाहरूको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मी इन मिसेज ब्यूटी क्विन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो भएकी छन् । सिजन मिडियाले बिहीबार यहाँ आयोजना गरेको लेट मी इन मिसेज ब्यूटी क्विन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उनले टिभिएस स्कुटर, एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल […]
जहाँ मासिक एक हजार तलबमा पढाउँछन शिक्षक
कञ्चनपुर, २१ पुस । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयकी एकजना शिक्षिकाले मासिक एक हजार तलब पाउने गरी पढाउँदै आएकी छन् । विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी […]
नेपाली खाना र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लगिने
काठमाडौँ, २१ पुस । स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो । कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि […]
जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ
यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ दिनभर जति […]
काठमाडाैंमा देहव्यापारमा लगाइने कलिला बालिकाको कहालिलाग्दो कथा
अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, विस्तारै पेशेवर यौनकर्मी बन्छन् । खाजाघर, चियापसल, स–साना रेस्टुरेन्टदेखि बास […]
विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै लाखौ पैसा ठग्ने पक्राउ
काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी जागिरमा नाम निकालिदिने […]
नविनतम प्रविधि र विधिबारे छलफल गर्न दन्तरोग विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ, २१ पुस । दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल गर्ने उद्देश्यले नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा हुने भएको छ । यही पुस २८ र २९ गते हुने सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, […]
एक अर्ब बढीको साधारण शेयर जारी गर्दै चिलिमिेको सहायक कम्पनी
काठमाडौँ, २१ पुस । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने […]










