ककनी । सशस्त्र प्रहरी बल नेपाल शान्ति स्थापनार्थ तालिम केन्द्र नुवाकोट ककनीमा एफपियु रिफ्रेशर तालिम संचालन सुरु भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले फागुन ८ गते उक्त तालिमको उद्घाटन गरेका हुन् । तालिम उद्घाटनका अवसरमा बोल्दै एसएसपी ब्रम्हचारीले संगठनले दिएको जिम्मेवारी र दायित्वलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च प्रतिष्ठाका साथ स्थापित गराउन सफल […]
Author: Nonstop Khabar
अफ्रिकी आकाशमा नेपाली सेनाको हेलिकप्टर
काठमाडाैं, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र […]
अमेरिकीले नै भन्न थाले ट्रम्प इतिहासकै खराब राष्ट्रपति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो । एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४आैँ स्थानमा परेको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपतिले गरेका काम, उपलब्धि, […]
गोवामा पक्राउ गरी देवदहमा ल्याइ इन्काउन्टर, गुन्डाको शृंखलाबद्ध अवसान
काठमाडाैं, १० फागुन । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको […]
तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए
बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे […]
मेसीको उत्कृष्ट गोलका बाबजुत पनि चेल्सीले रोक्यो बार्सालार्इ बराबरीमा
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ । गएराति भएको अर्को […]
आफ्नो पार्टीको नाम जवरजस्त राखिए केपी–प्रचण्ड विरुद्ध अदालत जाने ऋषि कट्टेलको चेतावनी
काठमाडौं, ९ फागुन । दर्तावाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले प्रधनमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् । नेता कट्टेलसँग कुनै सल्लाह नै नगरी आफ्नो एकीकृत पार्टीको नाम नेकपा राख्ने निर्णय गरेका ओली प्रचण्ड कम्युनिष्ट नै नभएको उनको भनाई छ । ‘नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका […]
प्रहरीले गर्यो अर्को इन्काउन्टर : मारिए चर्चित गुण्डा नाइके मनोज पुन
काठमाडौं, ९ फागुन । प्रहरीले गरेकाे अर्काे एउटा इन्काउन्टरमा परी चर्चित गुण्डा नार्इके मनाेज पुन मारिएका छन् । पछिल्लाे समय ठूला ठूला हत्यामा नाम जाेडिने गरेका मनाेज पुन आफ्ना सहयोगीसँगै प्रहरी इन्काउन्टरमा मारिएका हुन् । गएराती रुपन्देहीको देवदहमा प्रहरीले उक्त इन्काउन्टर गरेकाे थियाे । प्रहरीले छापा मार्दा उल्टै प्रहरीमाथि अाक्रमण गरेर भाग्ने क्रममा पुन अाफ्ना […]
मधेशका सिरियल किलरलार्इ नेपाल प्रहरीले समात्यो कतारमा
काठमाडौं, ९ फागुन । शृंखलावद्ध रूपमा ६ जनाको हत्या गरी फरार भएका ‘सिरियल किलर’ सकिल हुसेन कतारमा पक्राउ परेका छन्। सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएका सप्तरी टिकुलीया ७ का ४२ वर्षिया हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो। इन्टरपोलको रेड र्कनर नोटिसमा रहेका हुसेन केही दिनअघि कतारमा पक्राउ परेको र उनलाई […]
उद्घाटन गर्ने तयारी गरिएको पुल प्रयोगमा नल्याउँदै भाँचियो
सिन्धुपाल्चाेक, ८ फागुन । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको […]









