जुगेडी पुलबाट गुडिरहेको भारतीय ट्रक खस्यो

चितवन, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच४२टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

जदाै साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

काठमाडौं । प्रसिद्ध रेडियो नेपालकर्मी एवं साहित्यकार यज्ञनिधि दाहालको शुक्रबार साँझ निधन भएको छ। किड्नीको समस्याबाट पीडित उनको साँझ ८ बजे सुमेरु अस्पतालमा निधन भएको अस्पतालकी चिकित्सक डा.संगीता सञ्जेलले नेपालखबरलाई बताइन्। हप्ताको तीन पटक डायलासिस गरिरहेका उनलाई गाह्रो भएपछि हेमो डालासिसको लागि शुक्रबार १२ः३० बजे सुमेरु अस्पताल भर्ना गरिएकाे थियाे। ‘हामी कहाँ आइपुग्दा उहाँ लगभग […]

राप्रपाका लोहनी र कांग्रेस विपी बीच एकता हुँदै, त्यसपछि ठूलो पार्टी बनाउने घोषणा

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस (बिपी) सँग चाँडो एकता हुने बताएका छन् ।  पार्टी निकट युवा शक्तिले आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट […]

पत्रकारहरुको स्वतन्त्रतामाथि मुलुकी संहितामार्फत ठूलो कानुनी हस्तक्षेप

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् । असल शासन फाउण्डेशनले (गोगो) शुक्रबार यहाँ आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए। अध्यक्ष शर्माले मुठभेडमा […]

शुक्रबार र शनिवार ठूलो पानी पर्ने मौसम विभागको भनार्इ

काठमाडौँ, २५ साउन । बुधबार र बिहिबार मौसममा केहि सुधार आएपनि शुक्रबार सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन सफा भएको मौसममा शुक्रबारदेखि भने फेरि बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा […]

साउदी सेनाले यमनमा आक्रमण गर्यो, मारिए २९ बालबालिका

एजेन्सी । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणका कारण यमनमा कम्तिमा २९ जना बालबालिकाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् । बालबालिका चढेको बसमा हवाई आक्रमण भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उत्तरी प्रान्त सादको दाहयान बजारमा बस पुगेका बेला आक्रमणमा परेको हो । हुथी बिद्रोहीले […]

जातीय हिंसा भड्किदा ११ को मृत्यु

एजेन्सी । मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन्। स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ। मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका […]

दिउसै लुटेराहरुले लुटे मनिट्रान्सफर केन्द्रको २५ लाख रकम

सिराहा, २५ साउन । सिराहामा दिउसै ठूलाे रकम लुटपाट भएकाे छ । सिरहाको मिर्चैया–कल्यानपुर सडक खण्डको तिनगछिया नजिकै यस्ताे लुटपाट भएको हाे । अज्ञात समूहले बिहीबार मध्यान्ह १२ बजेतिर तिनगछिया नजिक मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ। ग्लोबल आईएमई बैंकबाट पैसा झिकेर मनिट्रान्सफरमा लिएर जाँदै गर्दा साह […]

श्रीमतीलार्इ हत्या गरी भारतीय जंगलमा फाल्ने श्रीमान गिरफ्तार

नेपालगञ्‍ज, २५ साउन । नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्। बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए। एक थप्पड घाटीमा हान्दा श्रीमती बेहोस् भएपछि उनले घाँटी थिँचेर मारेको प्रहरीलाई बयान […]

सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक, सिमेन्ट गुणस्तरहीन पत्ता लाग्यो

दाङ, २५ साउन । सरकारले सगरमाथा सिमेन्टकाे बिक्री वितरणमा राेक लगाएकाे छ । घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्ट गुणस्तरहीन भएको थाहा भएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे । अब याे सिमेन्टकाे थप परीक्षण गरिने बताइएकाे छ । थप परिक्षण भएर अर्काे निर्णय नलिँदासम्मका लागि यसकाे बिक्री वितरणमा राेक लगाइएकाे हाे । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन […]