मैदानमा कमजोर प्रदर्शन र खराब व्यवहार नसुध्रिएपछि नेयमारको सरुवा मूल्य ५० प्रतिशतले घट्यो

काठमाडौं । विश्व फुटबलमा अहिलेसम्मकै बढी कीर्तिमानी मूल्यमा पीएसजीमा लगिएका ब्राजिलियन स्टार नेयमारको सरुवा मूल्यमा करिब ५० प्रतिशत गिरावट अाएकाे चर्चा चलेकाे छ । पछिल्लाे समय नेयमारले मैदानमा गरेको प्रदर्शन र उनको व्यवहारका कारण उनलाइ धक्का लागेकाे बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था एलक्युप र मार्काकले नेयमारको सरुवा मूल्यमा गिरावट आएको विश्लेषणात्मक समाचार प्रकाशित गरेकाे […]

हप्तादिन अघि एकाएक वेपत्ता भएको भारतीय सैनिक जहाज चीनको सीमामा यस्तो अवस्थामा भेटियो

एजेन्सी । एक साताअघि १३ यात्री सहित हराइरहेको भारतीय वायुसेनाको विमानको भग्नावशेष चीनको सीमा नजिक फेला परेको छ । विमानको भग्नावशेष चीनको सीमा नजिक अरुणाचल प्रदेशमा फेला परेको भारतीय अधिकारीले जनाएका छन् । भारतीय वायुसेनाको तत्कालीन सोभियत संघमा निर्मित एन्टोनोभ एएन ३२ सैनिक विमान गत जुन ३ बाट हराइरहेको थियो । विमानमा चालक दलका ८ […]

काउन्सिल विधेयक फिर्ता नलिएसम्म महासंघको आन्दोलन जारी रहने, तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ । महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएका हुन् । उनले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव विष्टले आफूहरुको […]

आफ्नै छोरीलाई जवर्जस्ती करणी गर्ने उपसचिव यसरी समातिए, पशुतुल्य बाबुको कुकर्म पर्दाफास

ललितपुर । ललितपुर प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने एक बाबुलाई पक्राउ गरेको छ । सोमबार उनलाई धोविघाटस्थित घरबाट पक्राउ गरिएको हो । प्लस टु पढ्ने  १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा उजुरी परेपछि बाबु पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले पुष्टी गरेको छ । महोत्तरी स्थायी ठेगाना भै हाल ललितपुर धोविघाट बस्दै आएका […]

बालीनालीमा मलजल गर्ने समय नजिकीनै लाग्दा रासायनिक मलको हाहाकार साथै मुल्य बढ्ने सम्भावना

काठमाडौ २८ जेठ। कृषकहरुले बालीनालीमा मलजल गर्ने समय नजिकीनै लाग्दा देशभर रासायनिक मलको हाहाकार देखिएको छ । कृषि सामग्री कम्पनीको शाखा तथा उपशाखा कार्यलयको साथै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेको कार्यलयहरुमा मल लिनको लागि सहकारीहरु लाइन लागेर बसिरहेका छन् । तर सरकारले भने देशलाई आवश्यक पर्ने मल आयात गर्नै सकिरहेको छैन । सरकारले चालु आर्थिक वर्षमा […]

हुवाई ‘हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ’

काठमाडाैं । चिनियाँ प्रविधि कम्पनी ह्वावेईले आफ्नो चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गरेको छ। उक्त कम्पनीका साइबर-सुरक्षाप्रमुख जोन सफिकले सांसदहरूलाई चीन वा अरू कुनै देशले ह्वावेईलाई कहिल्यै पनि “कुनै अवाञ्छित काम” गर्न नभनेको बताए। बाहिरका विशेषज्ञलाई आफ्ना उत्पादनको विश्लेषण गर्न र तिनमा कुनै प्राविधिक त्रुटि रहेको भए त्यो पत्ता लगाउन दिन ह्वावेई तयार रहेको […]

भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री सवार झण्डावाल गाडी नै खोलामा गाडियो

स्याङ्जा । संयोग पनि कस्तो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै गाडी खोलामा डुब्न पुग्यो । राजधानीबाट पुल शिलान्यास गर्न स्याङ्जा आएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खाेलामा डुबेको हो । अर्जुन चौपारी गाउँपालिका-३ स्थित दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्री महासेठ सवार गाडी सोमबार खोलाको दहमा डुबेको थियो । […]

गुपचुपमा २३ दिनमै खरिद नियमावली फेरि संशोधन, ठूलो आर्थिक चलखेलको आशंका

Singhdurbar

काठमाडौं, २७ जेठ । भ्रष्टाचारको मुद्दा चलिरहेका ठेकेदारहरुलाई ठेक्का प्रक्रियामा सहभागी हुन नसक्ने गरी संशोधन गरिएको सार्वजनिक खरिद नियमावली गोप्य रुपमा पुनः सच्याइएको छ । यसअघि सरकारले सार्वजनिक खरिद नियमावलीमा छैटौ संशोधन गरेको थियो । तर, २३ दिन नबित्दै सरकारले सातौ संशोधन गरेको छ । छैटौ सशोधन गरिएको २३ दिन पनि नबित्दै भित्रभित्रै गुपचुप रुपमा […]

सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको मृत्यु

सिन्धुली, २७ जेठ । सिन्धुलीमा ट्याक्टर दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । सिन्धुलीको मरिण गाउँपालिका वार्ड नं. २ मुंग्रेमा उक्त ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मरिण गाउँपालिका वार्ड नं. ४ मरुवाका १३ वर्षीय बालक सुकमान जिम्वा र वार्ड नं. ३ का १४ वर्षीय सागर माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी […]