असोज १५ ,काठमाडौँ । सरकारले कोरोना परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिरहदा सर्वोच्च अदालतले भने कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयको नाममा पीसीआर परीक्षणको शुल्क नलिन परमादेश दिएको […]
Author: ननस्टप संवाददाता
आयात मात्र खुलाउनेगरि तातोपानी नाका सुचारु हुदै
नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका असोज १९ बाट सुचारु हुने भएको छ । मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ बाट सुचारु गर्ने सहमति भएको हो । २०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि पुन्ह निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी […]
कृषिमा आत्मनिर्भर बन्न इजरायलसँग एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स र श्रम सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी […]
तातोपानी नाका असोज १९ बात खुल्ने
नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका असोज १९ बाट सुचारु हुने भएको छ । मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा असोज १९ बाट सुचारु गर्ने सहमति भएको हो । २०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि पुन्ह निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी […]
कोलिय बंशको ४ सय बर्ष पुरानो लग: बहाको इतिहालाई बंग्याइ मेट्ने चलखेलपछि स्थानीयले गरे भत्र्सना
काठमाडौँ । कोलिय बंशको करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालिन इतिहासलाईनै अस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएकोे भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकतावद्ध भई […]
बर्षको ६ पटक ५ लिटर घरेलु रक्सी र १० लिटर जाँड बनाउन पाउने सर्वोच्चको आदेश
काठमाडौं सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा […]
९ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध
असोज १२, काठमाडौं। भारत र नेपालका विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका ९ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा औषधि ब्यबस्था विभागले प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजर विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो । संकलित नमूना तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत रहेको […]
तीन मन्त्रालय टुक्र्याइँदै, रक्षा र गृह मन्त्री यथावत अरुमा हेरफेर
काठमाडौँ। सत्तारुद नेकपामा भागबन्डा मिलाई तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने भएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आपसी सहमति भएको स्रोतले जनाएको छ । संविधानमा २५ भन्दा बढी मन्त्रिपरिषद् सदस्य बनाउन नपाउने व्यवस्था भएका कारण राज्यमन्त्री नराखी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन् । उद्योग वाणिज्य […]
नक्कली नम्बर प्रयोग गरिएका दुइ कार सहित एक ब्यक्ति पक्राउ
काठमाडौं । काठमाडौंबाट प्रहरीले दुई कारमा नक्कली नम्बर बदलेर चलाउदै गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैशाली प्रोडक्सन र खोली इम्पेरियमका सञ्चालक सुरेन्द्रकुमार अग्रवाल छन् । अग्रवाललाई नक्कली नम्बर प्लेट राखीएका दुईवटा सवारीसाधन वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर र अर्को सुन्धारास्थित चाइना टाउनबाट महानगरीय वृत्त कालिमाटीले पक्राउ गरेको हो । अग्रवालले वास्तविक नम्बर […]
उपत्यकामा कोरोना नियन्त्रण नहुनुमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै – मध्पुर ठीमी नगरपालिका मेयर श्रेष्ठ
मध्यपुरठिमी नगरपालिकाका मेयर तथा उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकामा कोरोना नियन्त्रण नहुनुमा सबैभन्दा ठूलो दोष सिंहदरबारको कारण रहेको बताउनु भएको छ। उहाले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चारजनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनु भयो । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मेयर श्रेष्ठले सिंहदरबारले नचाहेसम्म उपत्यकामा कोरोना संक्रमणमा नियन्त्रण असम्भव रहेको बताउनु भयो […]










