काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ ।
कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन् । कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ मत प्राप्त गर्दा रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् ।







