काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।
आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए ।
‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’







