काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय लागू गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गरेका छन् ।
मंगलबार अनुगमनका क्रममा उनले पछिल्लो समय कार्यालयले पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएएसएस) लागू गरेको र यसले जसले सेवा लिन आउने नागरिकलाई सरल र छिटो सेवा दिन सहायता गरेको बताए ।
सञ्चारमन्त्री खरेलले पीएएसएस प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने समेत जानकारी गराए ।
सुशासन कार्यान्वयनका लागि ठूलो बजेट र भारी संरचना आवश्यक नपर्ने उनले बताएका छन्।
उनका अनुसार साना, सरल र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने साना पहलबाटै सुशासनको प्रभावकारी सुरुआत सम्भव छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको निरीक्षणका क्रममा मन्त्री खरेलले जेन–जी पुस्ताको मुख्य माग नै सुशासन र भ्रष्टाचारविरुद्धको अभियान भएको ध्यानाकर्षण गराए।
“हरेक निकायले आ–आफ्नो तहबाट राम्रो कामको थालनी गर्न सके परिवर्तन टाढा छैन,” उनले भने।

