काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् ।
केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले जानकारी गराए । छलफल ३ बजेबाट देउवा निवासमा हुने ती नेताको भनाइ छ ।
कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ । महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्माले प्रतिवेदन पेश गरेर समूहगत छलफलका लागि अगाडि बढ्दै छ ।
विशेष महाधिवेशन अहिले खानाका लागि भनेर केही समयका लागि रोकिएको छ ।






