राष्ट्रिय मानव अधिकार आयोग पुगेर रवि लामिछानेले दिए डेढ घन्टा बयान

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

२३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो ।

लामिछाने दिउँसो १ बजेतिर पुगे करिब डेढ घन्टा बयान दिएको स्रोतले बतायो । जेनजी आन्दोलनका क्रममा लामिछानेको संलग्नता, नख्खु जेलबाट निस्किएको घटनालगायत विषयमा लामिछानेसँग बयान लिइएको हो ।

आयोगले आयुक्त लिली थापाको संयोजकत्वमा २३ र २४ आन्दोलन घटनाका बारेमा छानबिन गरिरहेको छ । आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतसँग यसअघि नै बयान लिइसकेको छ ।