भक्तपुर । अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले १८औँ पुस्तकालय दिवसको अवसरमा सानोठिमी क्याम्पसको पुस्तकालयमा ६८ थान पुस्तक हस्तान्तरण गरेको छ। समितिले “ज्ञानलाई बाँड्ने र शिक्षालाई बलियो बनाउन हातेमालो गर्ने” प्रयासस्वरूप पुस्तक प्रदान गरेको हो।
पुस्तक हस्तान्तरण कार्यक्रममा समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाले पुस्तक दान गर्नु केवल वस्तु हस्तान्तरण मात्र नभई अध्ययन, अनुसन्धान तथा नयाँ विचार जन्माउन मद्दत गर्ने महत्त्वपूर्ण कार्य भएको बताइन् ।
छोटो समयमा विभिन्न दाताहरुबाट प्राप्त पुस्तक अखिल क्रान्तिकारीले पुस्तकालयमा उपलब्ध गराएको हो । नेकपा माओवादी केन्द्र भक्तपुर जिल्ला संयोजक सुनिल गोथे बासुले २२ थान पुस्तक उपलब्ध गराएका छन् भने निवर्तमान केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले १६ थान, निर्मला गौतमले १२ थान र समिति अध्यक्ष चन्द्रकला बास्तोलाले १२ थान पुस्तक प्रदान गरेकी अखिल (क्रान्तिकारी) सनोठिमी क्याम्पस समितिको जनाएको छ ।
त्यस्तै, निरोज श्रेष्ठले ८ थान, रविन प्याकुरेलले ४ थान, प्रकाश के.सी.ले ३ थान, रमेश खड्काले २ थान, सुनगाभा थापा मगरले २ थान, फुर्वा छिरिङ तामाङले २ थान र जटिल कार्कीले १ थान पुस्तक उपलब्ध गराएका थिए।
ती प्रायः सबै पुस्तक कम्युनिस्ट बिचार र दर्शनबाट प्रेरित रहेका बताइएको छ ।
समितिले छोटो समयमै आह्वानलाई स्वीकार गरी पुस्तक सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै आगामी दिनमा अझ ठूला स्तरमा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







