विद्यालय हिडेका दुई किशोरी दुईदिनदेखि सम्पर्कबिहिन

म्याग्दी । मंगला गाउँपालिका–४ का दुई किशोरी दुई दिनदेखि सम्पर्कबिहिन भएका छन्। 

स्थानीय महेन्द्ररत्न माविको कक्षा ८ मा पढ्ने १४ वर्षीया सञ्जु विक र १३ वर्षीया सपना विक बुधबार बिहान विद्यालय जान भनी निस्किए पनि त्यसयता सम्पर्कमा छैनन् ।

उनीहरू बुधबार निर्धारित समयमा घर नआएपछि खोजीनीति गर्दा विद्यालय पुगेका थिएनन् भन्ने जानकारी पाएपछि परिवारमा चिन्ता छाएको छ ।

“आफन्त र चिनेजानेकामा खोज्दा पनि कतै फेला परेनन्, “कतै दुर्व्यवहारमा परे कि भन्ने चिन्ताले सताइरहेको छ ।” सन्जुकी आमा सुकमायाले भनिन् ।

 किशोरीहरूको खोजीका लागि आफन्तजन जिल्ला सदरमुकाम बेनी आइपुगेका छन् र प्रहरीसँग सहयोग मागिरहेका छन्। प्रहरीले खोजी कार्य शुरु गरेको छ ।