प्रधानमन्त्री ओलीको प्रश्नमा एआईले दियो यस्तो उत्तर, कनेक्ट किसानको प्रशंसा

राजन दाहाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रविधिको परीक्षण गर्दै ‘कनेक्ट किसान’को एआई सल्लाह प्रणालीलाई कफि सुकाउने तरिकाबारे सोध्दा, प्रणालीले तुरुन्तै व्यावहारिक र वैज्ञानिक उत्तर दिएर सबैलाई चकित पारेको छ।

बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रमका दौरान प्रधानमन्त्री ओलीले नेपालीमै प्रश्न राख्दै सोधेँ, “कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ?”

प्रश्नको उत्तरमा कनेक्ट किसानको एआई सल्लाह प्रणालीले भन्यो –

 “कफिका फलहरू सफा गरेर चिसो र हावा चल्ने ठाउँमा पातलो तहमा राख्नुपर्छ। ती फलहरू नियमित रूपमा पल्टाउँदै राम्ररी सुकाउनुपर्छ। यसरी गर्दा कफि राम्ररी सुक्ने र गुणस्तर राम्रो हुने गर्छ।”

कार्यक्रममा उपस्थित सहभागीहरू प्रधानमन्त्रीसँगै एआईको सजिलो र सटिक उत्तरले अचम्मित भए।

कृषकका हातमा अब एआई

‘कनेक्ट किसान’को एआई प्रणालीले आवाज र पाठ दुवै माध्यमबाट कृषकहरूलाई बाली संरक्षण, मल उपयोग, सिँचाइ, रोग नियन्त्रण, र बजार मूल्य जस्ता विषयमा सल्लाह दिन्छ।

कनेक्ट किसानका निर्देशक राजन दाहालका अनुसार, यो प्रणाली नेपाली भाषामा काम गर्छ र WhatsApp नम्बर 9705919010 मार्फत सजिलै प्रयोग गर्न सकिन्छ। इन्टरनेट नभएका ग्रामीण क्षेत्रमा पनि यसको पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ।

यो प्रविधि ‘दियो एआई’ नामक नेपाली एआई अनुसन्धान कम्पनीको प्राविधिक सहयोगमा विकास गरिएको हो।

कनेक्ट किसानलाई ५ हजार बढी कृषकको साथ

हालसम्म ५ हजार भन्दा बढी किसानले ‘कनेक्ट किसान’ एप डाउनलोड गरिसकेका छन्, जसले देखाउँछ कि प्रविधिप्रतिको ग्रामीण आकर्षण दिनप्रतिदिन बढ्दो छ।

यो प्रणालीले स्थानीय सन्दर्भमा तालिम प्राप्त एआई प्रयोग गर्ने भएकाले कृषकको भाषा, भेग र आवश्यकता अनुसार सुझाव दिन सक्षम रहेको कम्पनीले जनाएको छ।