अमेरिका बसेर जाजरकोट जिल्ला अस्पतालको जागिर खाने डाक्टर

जाजरकाेट, १९ पुस । सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? सहजै उत्तर हुन्छ सम्भव छैन् तर सरकारी अस्‍पतालका एक जना डाक्टरले त्यही गरेका छन् ।

जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर गरिरहेको पाईएको छ । उनले सेवा सुविधा लिइरहेका छन् । स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो ।

डा. बस्नेत गत बर्ष अमेरिका प्रस्थान गरेका हुन् । २०७३ सालको अन्त्यसम्म उनको साढे १९ दिन विरामी विदा थियो । २०७४ बैशाखदेखि यता दुई पटक आएर हाँजिर गरेर उनि पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गते सम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

अवधीमा घरविदा, सट्टा विदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् । घर विदा लिई सकेपछि फेरी हाजिर भएपछि मात्र अर्को घर विदाको बाटो म्याद लिन पाईन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवाल सँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

Loading...