झुटो वन मुद्धा विरुद्ध नेकपा (माओवादी केन्द्र) सर्लाहीले मोटरसाइकल र्याली सहित डिभिजन वन कार्यालय घेराउ गरेको छ ।
आइतबार मोटरसाइकल र्याली सहित जिल्लाका विभिन्न स्थानबाट पुगेका सुकुम्वासी, स्थानीय तथा माओवादी केन्द्रका नेता कार्यकर्ताले नारावाजी सहित डिभिजन वन कार्यलय घेराउ गरेका हुन् ।
बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन रहेको भरत ताल, नगर बगैचा र नगरले सुकुम्वासी व्यवस्थापन गरेको विषयमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तान सहित केही कर्मचारी बिरुद्ध डिभिजन वन कार्यलयले मुद्धा दर्ता गर्ने तयारी गरेको भन्दै माओवादी केन्द्र आन्दोलनमा उत्रेको हो ।
हुदै नभएको कपोकल्पित मुद्धा बनाएर आफ्नो जनप्रतिनिधिलाई फसाउन खोजेको भन्दै नागरिक आन्दोलित भएपछि पार्टीले आन्दोलनको नेतृत्व लिएको माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्लेले बताएका छन् । राजनीतिक प्रतिशोध साधेर सरकारले जनप्रिय मेयर र उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै उनले त्यसको प्रतिवाद गरिने प्रष्ट पारे ।
पूर्व निर्धारित विरोध कार्यक्रम अन्तरगत सर्लाहीले पुर्व पश्चिम राजमार्ग स्थित पश्चिममा बागमती पुतलीचोक देखि पूर्वमा फुलजोर खोला पुल सम्म सयैँको संख्यामा मोटरसाइकल ¥याली सहित प्रदर्शन गरेको थियो । मोटरसाइकल ¥याली पछि केही बेर लालबन्दीमा रहेको डिभिजन वन कार्यालय घेराउ गरियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन् । स्थानीय सरकार संचालन ऐनले गरेको व्यवस्था अनुसार बागमती नदीले छाडेको नदि उकास जमिनलाई तालमा रुपान्तरण गरेर नगरको आयआर्जन पर्यटकीय र वातावरणीय हिसावले प्रयोग गरेको कुरामा अनेक प्रपन्च रच्ने काम भएको माओवादी केन्द्रको दावी छ ।
जनप्रतिनिधि निर्वाचित हुनु पूर्व नै सागरनाथ वन परियोजना र डिभिजन वन कार्यलयले राखेका सुकुम्वासीलाई स्थानीय सरकारले व्यवस्थापन गरेको विषयलाई अतिरंजित बनाइएको बताइएको छ । अतिक्रमणको झुटो मुद्धा लगाउने काम तत्काल बन्द गर्न समेत पार्टीले जोडदार माग गरेको छ।
यसै विषयमा माओवादी केन्द्रले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।
पार्टीले सरकारी षड्यन्त्र विरुद्ध मोटरसाइकल ¥याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आम हड्तालसम्मका कार्यक्रम यस अघिनै घोषणा गरेको छ ।
स्थानीय सरकारले गरेको विकास देख्न नचाहने र राजनीति पूर्वाग्रह राखेर झुटो मुद्दामा फसाउने बिरुद्द आफूहरु कडा रुपमा संघर्षको कार्यक्रममा जाने सो पार्टीका स्थाई कमिटी सदस्य समेत रहेका नेता प्रल्हाद बुढाथोकीले बताएका छन् ।