केनी पाण्डेको “पेम्बाको स्वर्ग” उपन्यास बजारमा

२०८१ असार १२, काठमाडौं ।

साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार केनी पाण्डे (हरिनाथ पाण्डे)को “पेम्बाको स्वर्ग” उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्यो ।

प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलले सो कृतिको लोकार्पण गरेका थिए । पाण्डेको यस अगि प्रकाशित अङ्ग्रेजी उपन्यास “OTHER SIDE OF PARADISE” को यो नेपाली अनुवाद हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको  अध्यक्षतामा आयोजित सो कार्यक्रममा पूर्व राजदूत सुरेन्द्रबहादुर श्रेष्ठ, पूर्व सचिव द्वारिका ढुङेल, बेल्जियमका वाणिज्यदूत आङ् छिरिङ, प्रो. प्रचण्ड प्रधान, इतिहासविद् . प्रा.डा. सुरेन्द्र के. सी.लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी लोकार्पित कृतिबारे कृतिका अनुवाद धीर भण्डारी र  समालोचक डा. शान्तिमाया गिरीले गरेका थिए  ।

कार्यक्रममा प्रमुख अतिथि खरेल, अध्यक्ष लेकाली, उपन्यासकार केनी पाण्डे पूर्व राजदूत सुरेन्द्रबहादुर श्रेष्ठ, पूर्व सचिव द्वारिका ढुङेल, बेल्जियमका वाणिज्यदूत आङ् छिरिङ, प्रो. प्रचण्ड प्रधान, इतिहासविद् . प्रा.डा. सुरेन्द्र के. सी.लगायतले आआफ्नो मन्तव्य राखेका थिएभने  कार्यक्रममा अनेसास निर्वाचन २०२४-०२६ का लागि केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित सुमन घिमिरे ‘वर्षा’ लाई बधाई ज्ञापन पनि गरिएको थियो ।

कार्यक्रम संचालनको संचालन टेलिभिजन पत्रकार जीवराम भण्डारीले गरेका थिए ।

Loading...