भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी दिएको जनाएको छ ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ का तत्कालिन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गर्दै जनही ९ लाख ७७ हजार १६ बराबरक्लो बिगो कायम गर्दै सोहि अनुसार सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गर्दै सोमबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

Loading...