पोखरामा भीषण आगलागी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडाको सामुदायिक वनमा भीषण आगलागी भएको छ । ५ घण्टादेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन ।

रातको समय भएको र जंगलसम्म पुग्ने सडक नभएको कारण आगो नियन्त्रण हुन नसकेको हो ।नजिकैको वस्तीमा आगलागीको जोखिम बढेपछि अग्नीरेखा बनाएर बस्ती सुरक्षित गर्ने प्रयास भएको छ ।

आगो वस्तीतिर आउन नदिन दुई सय बढी सुरक्षाकर्मीसहित स्थानीयले विभिन्न तरिका अपनाएका छन् छन् । वस्तीमा आगो आउन नदिन दुई वटा दमकल तयारी अवस्थामा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

आगलागीका कारण जंगलको ठूलो भूभाग जलेर खरानी भएको छ ।

Loading...