राजनीतिक दललाई स्थानीय निर्वाचनमा नो भोटको संकेत दिएको पुर्वमन्त्री प्रधानको भनाइ

 

असार १९,काठमाडौँ  । पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले गएको स्थानीय निर्वाचनमा मतदाताले राजनीतिक दलहरुलाई नो भोट दिएको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका २७ वडाले शनिबार विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका प्रभुत्त्व व्यक्तित्वलाइ समान गर्ने कार्यक्राम बीच बोल्दै संघीय सांसदसमेत रहेका पुर्वमन्त्री प्रधानले राजनीतिक दललाई नो भोटको संकेत स्वरुप स्वतन्त्रलाई भोट दिएको विचार राख्नु भएको हो  ।

प्रधानले भन्नु भयो  ‘नेपालमा नो भोटको व्यवस्था नभएकोले मतदाताले स्वतन्त्रलाई भोट हाले र बालेन्द्रले जिते । अब दलहरु नसुध्रिने हो भने जनताले दललाई पनि फाल्न सक्छ भनेर बुझ्नु आवश्यक छ’  ।

राजनैतिक दलहरुबीचको आपसी झै झगडा र आ आफ्नो स्वार्थका कारण आम नागरिक दिक्क भइसकेका छन् भनेर सबै दलहरुले बुझ्नु जरुरी रहेकोमा उनले जोड दिए ।

अब दलीय नेताहरुले पद वा सत्तालाई भन्दा राष्ट्रको स्वार्थलाई प्राथमिकतामा राखेर सबै एकजुट भई अघि बढ्न आग्रह गरे ।

 कार्यक्रममा शिक्षा , स्वास्थ ,  बैकिंङ, साहित्य र कानुन  तथा सरकारी राष्ट्र सेवक क्षेत्रमा योगदान पुर्‍याउँदै वडाको गौरव बढाएका वडाका विभिन्न  १५ जना व्यक्तित्त्वलाई सम्मान  गर्दै  पुर्वमन्त्री प्रधानले दोसल्ला ओढाउँदै सम्मान पत्र हस्तान्तरण गर्नु भयो  ।

यसै गरि  वडाध्यक्ष योगेश कुमार खड्गीले वडाको वृहत्तर विकासको लागि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाका मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धनको लागि आफुले काम गर्ने बताउनु भयो ।

अग्रजको सम्मान गर्दै नयाँ पुस्तालाई वडाको विकासको लागि प्रोत्साहित गर्ने र सबैको सल्लाह सुझाव अनुसार सबैलाई समेटेर अघि बढ्दै अन्य व्यक्तित्वहरुलाइ यसैगरी प्रत्यक बर्ष समान गर्दै हौसला प्रदान गरिने उहाले बताउनु भयो ।

Loading...