वायु सेवा निगम (नेपाल एयरलाइन्स) ६५ औ बर्ष यात्रामा

असार १७ , काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले  ६५ औ वर्षे यात्रा सुरु गरेको छ ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले अमेरिमा निर्माण भएको  २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ ।

Loading...