विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग

असार १६, काठमाडौं । निर्वाचन अयाोगले साउन मसान्तभित्र विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग गरेको छ ।

आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विद्युतीय माध्यमबाट मतदान गराउन आयोगले आगामी साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

यसअघि विद्युतीय मतदान यन्त्र ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा आयोगद्धारा गठित समितिले प्रतिवेदन तयार गरी गृहमन्त्रालयमा पेश गरेको थियो । सो प्रतिवेदन हाल छलफलका लागि मन्त्री परिषद्मा पुगेको छ ।

आयोगले गृहमन्त्रालयमार्फत मन्त्रीपरिषदलाई पत्र लेख्दै भनेको छ, ‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएसमा आगामी २०७९ साउन मसान्तसम्मा आयोगलाई उपलब्ध हुने गरी  अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रवन्ध गरिदिन हुन अनुरोध गर्दछौं ।’

आयोगले २०६४ सालको संविधान सभा निर्वाचनमा ६ ओटा क्षेत्रमा , २०७१ सालको संविधान सभाको उपनिर्वाचनमा पनि बर्दिया, बागलुङ, काठमाडौं, कैलाली लगायत पाँच  निर्वाचन क्षेत्रमा यन्त्रको प्रयोग गरेको थियो । 

Loading...