फास्ट ट्र्याक अतिक्रमित जमिन फिर्ताको माग गर्दै खोकना वासिले बिरोध शैलीमा धान रोपाई गरे

असार १५,काठमाडौँ  । सरकारले अधिग्रहण गरेको काठमाडौं–निजगढ जोड्ने फास्ट ट्र्याकको जीरो प्वाइन्ट मानिएको सुडोल खोकनाका स्थानीय जनताले बिरोधको शैलीमा सामुहिक धान रोपाई गरेको छ । खोकना जनसरोकार मंचको आव्ह्वानमा अधिकारार कर्मी , अभियानता तथा स्थानीय सम्मिलित समुहले अतिक्रमित जमिन फिर्ता पाउनु पर्ने मागलाई निरन्तरता दिदै आज असार १५  राष्ट्रिय धान दिवसको अवसर पारेर बिरोध स्वरूप रोपाई गरेका हुन्  ।

स्थानीयले खेतीयोग्य जमिन मास्न नपाइने अथवा जग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर विराेध गर्दै आएका छन् । सरकारले यो क्षेत्रका जग्गा धनीलाई क्षतिपुर्ति दिने भने पनि कौडीको भाउमा जग्गाको मूल्य तोकेको स्थानीय किसानको भनाई छ ।

खोकनावासीले आफ्नो पेट पाल्ने माध्यम बनेको जमिन विना क्षतिपूर्ति खोस्न नपाइने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा सरकारले खेती गर्न रोक लगाएपछि खेतमा किसानहरुले प्रत्यक बर्ष धान रोपेर विरोध प्रदर्शन  गर्दै आएका छन्   ।

 

Loading...