गैंडा शिकार गरी खागको खरिद/ बिक्री तथा ओसारपसारमा संलग्न पक्राउ

काठमाडौँ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबात खटिएका प्रहरीले गैंडा शिकार गरी खागको खरिद/ बिक्री तथा ओसारपसारमा संलग्न एक पुरुष पक्राउ गरेको छ  । प्रहरीले राम कुमार प्रजालाई सोमबार पक्राउ गरेको हो ।

चितवनको कालिका नगरपालिका शक्तिखोर बस्ने राम कुमार प्रजालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनी संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग राख्ने, खरिद/बिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए । पक्राउ परेका निजलाई आवश्यक कारवाहीको लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय , कसरा , चितवन पठाईने नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले  जानएको  छ ।

 

Loading...