फलफूललाइ कृतिम तरिकाले पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने

असार १४,काठमाडौँ ।  फलफूलमा अप्राकृतिक तथा कृतिम  तरिकाले  कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज मंगलबार  एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड ( एसिटिलिन ग्यास )  को प्रयोग नगर्न भनेको हो । 

खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागी राख्न निषेध समेत गरिएको छ  ।

 व्यवसायीहरूले रसायन प्रयोग गरी फलफूल पकाउनु नै पर्ने अवस्थामा  अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधि अनुरूप मात्र पाउने भएका छन् ।

यसै गरि विभागले आँप लगायतका फलफूल खरिद गर्दा काटुन् वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ । 

Loading...