हेलिकोप्टर उडान अवतरण अव भक्तपुरको नलिञ्चोकमा

काठमाडौं विमानस्थल बात संचालन हुदै आएको हेलिकप्कोटर सेवा भक्तपुरको नलिन्चोकबात हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले  भक्तपुरको नलिञ्चोकस्थित प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा  काठमाडौं विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर स्थित नलिन्चोक सर्न लागेको हो । आज आइतबार गौचरमा सुरु गरिएको नयाँ आन्तरिक टर्मिनल उद्घाटन कार्यक्रममा प्राधिकणका महानिर्देशक प्रदीप अधिकारी अधिकारीले हेलिप्याड भक्तपुरमा सारिएपछि आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्यामा क्रमिक सुधारिँदै जाने बताए ।

 हेलिकोप्टर उडानलाई नलिञ्चोक स्थानान्तरण गरिए पनि बिरामी बोकेका चार्टर्ड उडानले भने विमानस्थल प्रयोग गर्न पाउनेछन् । अत्यावश्यक पर्दा बिरामी ल्याउनुपर्ने भएमा त्यस्ता चार्टर उडानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राथमिकताका आधारमा उडान अवतरण गर्न दिइने उनको भनाइ छ ।

प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माणका लागि ठेक्का प्रक्रिया थालिसकेको छ। हाल सञ्चालनमा रहेका १० वटा हेलिकोप्टर कम्पनीसँग छलफल गरी निर्णय गरिएको उनले बताए । प्राधिकरणको सेफ्टी विभागका अनुसार, हाल १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर दर्ता छन् ।

Loading...