काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समय बात रोकिएका सडक बडार्ने मेसिन ‘ब्रुमर’ पुनः सञ्चालनमा ल्याइने भएका छन् ।
प्रमुख साहको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले तीन दिन भित्र बु्रमर सञ्चालनमा ल्याइने जानकारी दिएको हो । बुमर खरिद संगै आएका चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए ।