काठमाडौँ महानगरले सर्वसाधरणलाई शौचालय प्रयोग गर्न दिने संस्थाहरुलाई सरसफाई सामाग्री उपलब्ध गराउने

जेठ २९, काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सर्वसाधरणलाई शौचालय प्रयोग गर्न दिने संस्थाहरुलाई सरसफाई सामाग्री उपलब्ध गराउने भएको छ। महानगर पालिकाले आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चाररचार महिनामा सरसफाई सामाग्री उपलब्ध गराउन लागिएको हो ।

आइतबार बसेको काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले  १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।

मेयर शाहले काठमाडौँ महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए।

यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए। शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट भने दिन नसकिने उनले बैठकमा स्पष्ट पारे।

 

Loading...