पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 

जेठ २६ ,काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

 नारायणगढ–मुग्लिन सडक खण्चिड अन्तर्गत  इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण यो राजमार्ग भएर संचालन हुने  दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू सडकमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार अवरुद्ध भएको सडक २ ओटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेता पनि पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय जनाएको छ ।

Loading...