गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता, बन्दी रिहाइ गर्न माग

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान नेता प्रकाण्ड र गृहमन्त्री खाणबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो।

यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरूको रिहाइ लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका सहसचिव फणिन्द्र्मणी पोख्रेलपनि सहभागी थिए ।

अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् । उनीहरूको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूलाई नियमित भेट्दै आएका छन् ।

 

Loading...