काठमाडौँ महानगरमा अहिलेसम्म कांग्रेस अगाडी

काठमाडौँ महानगपलिकामा अहिले सम्म नेपाली कांग्रेसले अग्रता कायम रहेको छ  ।  हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । जस मध्ये  वडा न ६,७,८ ,२४,२७,२८ ,२९ र ३० गरि ८  स्थानमा कांग्रेसले जित हासिल गरेका छन् ।  नेकपा एमालले १ ,२,३,४,५ ३१ र ३२ वडामा गरि ७ स्थानामा  जित हासिल गरेका छन् ।  सैगरी वडा नं ९, १०, ११, १२, २२, २३ ,२५ ,२६ को मतगणना कार्य जारी छ । 

कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये स्वतन्त्रबाट मेयरमा  उम्मेदवारी दिएका बालेन साह ४० हजार ४ सय २७ मत ल्याएर अग्रस्थानमा  छन् । दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले २३ हजार १ सय ९३ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २२ हजार ४ सय १५ मत ल्याएका छन् ।

Loading...