काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित पानी पर्नु सुरु

काठमाडौं ःस्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ।

अहिले हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ। मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।

यस्तै देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सम्भावना रहेको विभागको भनाइ छ।

 

Loading...