वैशाख २०, काठमाडौँ । ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको पौडी पोखरी   सर्वसाधारणका लागि खुला गरिएको छ ।   यहि बैशाख १४ गते देखि  उक्त पौडी पोखरी  खेलाडी तथा सर्वसाधारणका लागि खुला गरिएको हो ।

 
 पहिलो सिफ्ट बिहान १०:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म, दोश्रो सिफ्ट दिउसो १:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म र तेश्रो सिफ्ट अपरान्ह ४:०० बजेदेखि साँझ ७.०० बजेसम्म तीन सिफ्टमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद परिसरले जानकारी दिएको छ ।

परिषदले साधारण टिकट दर रु २००, लकर टिकट दर रु २०, ग्रुप टिकट दर रु २००, इन्डोर पौडी पोखरी टिकट दर रु ३०० तोक्र्को  छ । 

साथै परिषदले व्यक्तिगत /ग्रुप साधारण तथा प्रशिक्षण सदस्यताका लागि पनि शुल्क छुटाएको छ । परिषदले प्रति व्यक्ति १ महिनाको साधारण तर्फ रु. ४,००० र प्रशिक्षण तर्फ रु ५००, प्रति व्यक्ति ३ महिनाको रु साधारण तर्फ रु. १०,००० र प्रशिक्षण तर्फ रु १३,००० र प्रति व्यक्ति १ ( सिजनको साधारण तर्फ रु. १५,००० र प्रशिक्षण तर्फ रु १८,००० रहेको छ ।

Loading...