चौधरीलाई उपमेयर उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उपप्रमुखकी उम्मेदवार ममताकुमारी चौधरीलाई उम्मेदवार बन्न पाउने अधिकारबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो।

उपप्रमुखमा मनोनयनपत्र दर्ता गराएकी चौधरीलाई निर्वाचन कार्यालयको कमजोरीका कारण उम्मेदवार सूचीबाट हटाइएको थियो। उम्मेदवार बन्नै वञ्चित गरेपछि निर्वाचन आयोगविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

निवेदिकालाई विनाकारण उम्मेदवारको सूचीबाट हटाउँदा निवेदकलाई असर पर्ने भएकाले अन्तरिम आदेश छलफलबाट टुंगो नलागेसम्म उनको मनोनयनपत्र बदर तथा रद्द नगर्न आदेश दिइएको हो।

सर्वोच्चले अन्तरिम आदेश छलफलका लागि वैशाख २० गते आयोगलाई पनि झिकाएको छ।

Loading...