आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ ।

बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलका लागि टीभारेस, साका र जाकाले १–१ गोल गरे ।

युनाईटेडका लागि भने क्रिस्टियानो रोनाल्डोले १ गोल फर्काए । आर्सनल ६० अंकसहित तालिकाको भने म्यान्चेष्टर ५४ अंकसहित छैंटौँ स्थानमा रहेको छ ।

Loading...