एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने

बैशख १०,  काठमाडौं। नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।  अध्यक्ष केपी शर्मा ओलीको निवासमा  बालकोटमा शनिवार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।

यसैगरी पोखरा महानगरपालिकाको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङ, वीरगन्जको प्रमुखमा विजय सरावगी, भतरपुरमा विजय सुवेदी, ललितपुरमा हरिकृष्ण व्यञ्जनकार प्रमुख र मञ्जली शाक्य उपप्रमुखमा  चयन गरेको छ ।    

विराटनगरको प्रमुख उपप्रमुख टुंगो लगाउन बाँकी छ भने भरतपुर र वीरगन्जको उपप्रमुख टुंगो लगाउन बाँकी छ ।

 

Loading...