रापती समाज काठमाडौंको पहिलो पटक महिला अध्यक्षमा सीमा पुरी

वैशाख १० ,काठमाडौं ।
रापती समाज काठमाडौंको १४औं साधारण सभाबाट ७ औं कार्यसमिति अध्यक्षमा दाङकी सीमा पुरी सर्वसम्मतिले अध्यक्षमा चयन भएकी छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको साधारण सभाबाटै पूर्वअध्यक्ष प्रविन रेग्मिले पदभार पुरीलाई हस्तान्तरण गरेका छन् ।
नयाँ कार्य समितिलाई संविधानविद लिलाम्बर आचार्यले बधाई दिदै संघर्षशील र समाजसेवीहरुलाई गाह्रो हुने भएपनि उनिहरुका पछाडी धेरैको साथ रहने बताए । नयाँ कार्यसमितिले आगामी कार्यकालमा समाजको लक्ष्य तथा उद्देश्य प्राप्तिको शुभकामना दिए ।
त्यसैगरी निवर्तमान अध्यक्ष प्रविनकुमार रेग्मिले आफ्नो कार्यकालमा कोरोना महामारी लगायतका संकटहरुले घेरेपनि आफूले समाजलाई अघि बढाउन प्रयास गरेको बताउँदै नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिए ।
नयाँ कार्यसमितिको उपाध्यक्ष त्रय निराजन डाँगी,गोविन्द आचार्य, गंगाजी प्रसाद वली, सचिवमा एकराज भण्डारी कोषध्यक्षमा माधवी रेग्मि, सह–कोषाध्यक्षमा नमलाल आचार्य, सदस्यहरुमा आर.सी. गौतम,खुमा पाण्डे(सोनी),सोमराज डाँगी, अनिता शाही र सुस्मित खड्का चयन भएका छन् ।

Loading...