नोकिया मोबाइलमा कुनै समस्या आए एक वर्षसम्म साट्न पाइने

काठमाडौँ । अब नेपाली उपभोक्ताले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन्।

नोकिया फोनको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो।

टिकाउपन र भरपर्दो ब्याट्रि लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफूसँग राख्न चाहन्छन्।

उ​पभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो।

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरुले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन्।

यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ।

Loading...