काठमाडौं महानगरमा सिर्जना सिंहलाई उठाउने नेपाली कांग्रेसमा सहमति

काठमाडौँ ।  नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा सिर्जना सिंहलाई अगाडि सारेको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।  कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरेकोमा आज  जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको बुझिएको छ  । 

बालुवाटार स्रोतका अनुसार काठमाडौं महानगरमा सिर्जनालाई प्रमुखको उम्मेदवार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि नै बचन दिइसकेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत भइसकेको  र  भोलि शनिवार विहान ११ बजेसम्म औपचारिक निर्णय हुने भएको छ । 

Loading...