सेन्साइको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

काठमाडौँ । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साइले नजिकिरहेको नेपालीहरुकोे नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत सेन्साइ ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र अन्तर्गत आकर्षक उपहारहरु जित्न सकिने कम्पनीले जनाएको छ। यस वर्ष आफ्नो भाग्य चम्काउने मौका सेन्साइले दिएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरु जित्न सक्नेछन्।
१ भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाइक, २ भाग्यशाली ग्राहकहरुले एप्पल म्याकबूक एयर ल्यापटप, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड जित्न सकिने छ।

साथै सेन्साइले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ।

सेन्साइका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन ‘एसईएनएसईआई’ टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ। कम्पनीले यो योजना चैत्र १०, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ।

सेन्साइ ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।

Loading...