थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने

चैत २,काठमाडौँ  ।  नेपाल बक्सिंग संघको आयोजनामा थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने भंएको छ   ।  थाईल्याण्डको फुकेट शहरमा आप्रिल १  देखि १० तारिख सम्म संचालन हुने थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग प्रतियोगितामा नेपालको सहभागिताको लागि पुरुष महिला बक्सिंग प्रतियोगिता गरिन लागिएको हो  ।

संघले मंगलबार सुचना जारि गर्दै १९ देखि ४० बर्ष सम्मको महिला ,पुरुष बक्सिंग खेलाडीहरुका लागि  चैत्र ५ देखि ७ गते सम्म  खेलाडीको नाम पठाउन सम्पूर्ण जिल्ला बक्सिंग संग , क्लब तथा विभागीय टिमहरुलाई आह्वान गरेको छ ।    स्थान सतदोबाटो बाक्सिंग तालिम केन्द्रमा हुने  छनौट प्रतियोगितामा  महिला तर्फ ४८ ,५४ ५७ र  ६० बर्ष उमेर समुह र  पुरुष तर्फ  ४८ ,५४ र ६३ बर्ष तौल समुहका खेलाडीहरु सहभागी हुन पाउने  छ । 

    

 

 

Loading...