बागमती सरकारको अधिवेशन अन्त्य गर्ने तयारी

 फाल्गुन २९, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।

करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् ।
चालु आर्थिक वर्षको चार महिना मात्र बाँकी रहेको छ । प्रदेशसभामा अझै हिउँदे अधिवेशन चलिरहेको छ  ।

हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने समयका रूपमा लिईएपनि प्रदेश सरकारले यस अधिवेशन स्थगित गर्न खोजेको छ ।

यता, प्रदेश सरकारले बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने समय भैरहेको बेला अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग योजना माग गरेको छ ।