अमेरिकाले युक्रेन युद्धका कारण रुसी तेल आयातमा प्रतिबन्ध लगाउदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
युक्रेनमा भएको आक्रमणको बदला लिने अर्थतन्त्रलाई असर पार्न अमेरिकाले मस्कोमाथि अनेकौँ प्रतिबन्ध मध्यमा यसलाई लिइएको छ। 

रुसी तेल आयात रोक्न बाइडेनमाथि अमेरिकी सांसदहरुले पनि दबाब दिँदै आएका छन्। 

युरोपमा पनि रुसी तेल आयातमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ। युरोपले आयात गर्ने ग्यासको ४५ प्रतिशत हिस्सा रुसबाट आपूर्ति हुन्छ।  तर, रुसले युरोपमा तेल रोकिए ग्यास आपूर्ति समेत रोकिदिने धम्की  दिएको छ। 

 रुसी इन्धन आपूर्ति रोकिए विश्वभरको अर्थतन्त्रमा त्यसको असर पर्ने देखिएपछि विकल्प खोज्ने प्रयासमा पश्चिमा मुलुकहरु लागेका छन्। 

 एजेन्सी