युक्रेनमा जारी युद्धका क्रममा एक रुसी उच्च सैन्य अधिकारी मृत्यु

युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएको बिबिसीले समाचार प्रकासित गरेको छ  ।

युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा मेजर जनरल विताली गेरासिमोव  भीताली जेरासाइमोभ युद्धका क्रममा मारेको दाबी गरेको छ।

एक हप्ताभित्र दोश्रो रुसी सैन्य अधिकारी मारेको युक्रेनले दाबी गरेको छ। यसभन्दा अघि ३ मार्चमा युक्रेनले रुसी मेजर जनरल एंडी सुखोवेत्स्की मारेको दाबी गरेको थियो।

तर बीबीसीले स्वतन्त्र रूपमा यस विषयको पुष्टि गर्न सकेको छैन। रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्।

कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ।

युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए।

अधिकारी वितालीको पदस्थापन नर्थ काँकस दक्षिण पूर्वी जिल्लामा रहेको थियो। उनी प्लाटुन कमाण्डरबाट ४१औं आर्मीको पहिलो निमित्त कमाण्डर पनि रहिसकेका छन्।

Loading...