एमसिसी संसदबाट पारित भए पनि सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने महासचिव विप्लवको चेतावनी

फागुन २० ,काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै मोहन वैद्य नेतृत्व नेकपा क्रान्तिकारी , विप्लव नेतृत्व नेकपा , चित्र बहादुर केसी नेतृत्व राष्ट्रिय जनमोर्चा  लगाएत राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा गरिएको  विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै  महासचिव विप्लबले उक्त चेतावनी दिएका हुन्।

उनले सबै देशभक्त, क्रान्तिकारीहरूलाई एमसीसी कार्यान्वयनको बिरुद्द एकतावद्ध भएर अघि बढ्न पनि आह्वान गरे। एमसिसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको  महासचिव चन्द दावीगर्दै  देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए ।

उनले सरकारमा रहेका प्रचण्ड–माधव नेपालले एमसिसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप समेत लगाए ।  एमालेका नेताहरू, माओवादीका नेताहरू लक्षित् गर्दै उनले कम्युनिष्ट भनिने नेताहरूले देशलाई संसदबाट बेचिरहेका आरोप लगाए । प्रचण्ड र माधव नेपालहरूले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरेको उनको भनाइ छ । 

यसै गरिविरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरूले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। उनले एमसिसी पारित गर्ने संसदको पनि औचित्य समाप्त भएको बताए।

उनले अमेरिकाको विरूद्धमा जनमत सिर्जना गर्नुपर्‍ने र  राष्ट्रिय युद्धको वातावरण बनाउनु पर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसी राष्ट्रधाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन सबैलाई अपील गर्दै      एमसिसी कार्यान्वयनमा आए नेपालको हालत युद्धरत् मुलुकहरू इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिए। 

 

 

 

Loading...