रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ

काठमाडौं, ७ फागुन । तमिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ ।

उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज गरेको आरोप लगाइएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।

महाराष्ट्रमा जन्मेकी काव्या धेरै दक्षिण भारतीय चलचित्रमा देखिन्छिन् । ठाकुर कलेज अफ साइन्स एन्ड कमर्सबाट ग्राजुएसन गरेकी उनले त्यसपछि चलचित्रमा पाइला टेकेकी थिइन् । उनले तत्काल नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । पछिल्लो पटक उनी तेलुगू चलचित्र इ माया पेरिमेतोमा देखिएकी थिइन् ।

Loading...