‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

काठमाडौं, ७ फागुन । भारतीय अभिनेत्री तमन्ना भाटियाले निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी मधुरले निर्देशन गर्न लागेको ‘बब्ली बाउन्सर’को शीर्ष भूमिकामा देखिंदैछिन् ।

यो चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । चलचित्रलाई यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण गरिनेछ । चलचित्रमा तमन्नाको साथमा सौरभ शुक्ला, अभिषेक बजाज र साहिल वैद्यको मुख्य भूमिका छ ।

चलचित्रमा अमित जोशी, आराधना देवन्थ र मधुर भण्डारकरको कथा तथा पटकथा छ । चलचित्रलाई फक्स स्टार स्टुडियोज र जंगल पिक्चर्सले संयुक्त रुपमा निर्माण गर्नेछन् । साउथ चलचित्रमा जमेकी तमन्ना बलिउड चलचित्रमा पनि सक्रिय छिन् ।

Loading...